Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी भने बढ्याे


1.3k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य साेमबार २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएकाे हाे। आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियाे।

साथै चाँदीको मूल्य भने साेमबार प्रतितोला २५ रुपैयाँले बढेको छ । महासंघले आइतबार प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा काराेबार भएकाे थियाे। तर चाँदीको मूल्य साेमबार बढेर ४ हजार ६ सय ७० रुपैयाँमा काराेबार भइरहेकाे छ।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार तीन सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको
महासंघले जनाएको हाे ।