Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


चलचित्र ‘हली’ आजदेखि प्रर्दशन हुँदै


78
Shares

काठमाडौ‌ । देशैभरका सिनेमा हलहरूमा शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हली’ को प्रदर्शन पूर्व नै चार देशमा सोल्ड आउट भएको छ ।

देशैभरका हलहरुमा प्रर्दशनमा आएकै दिन माल्दिभ्समा पनि प्रर्दशन हुन लागेको हो । चलचित्रकी निर्मात्री पुजा गुरुङले माल्दिभ्सको मालेमा शुक्रबार नै विशेष शो को रुपमा प्रर्दशन हुने र साइप्रसमा यहि अगष्ट ९ तारिखमा प्रर्दशन हुने बताएकी छन् । त्यसैगरी बेलायतमा सेप्टेम्बर २० तारिख र हङकङमा आगामी अक्टोबर ११ मा प्रर्दशन हुने भएको हाे। बेलायतको अन्डरसल्ट, साइप्रसको निकोसिया र हङकङमा हुने विशेष प्रदर्शनको लागि सोल्ड आउट भइसकेको छ ।

यतिबेला हलमा चलिरहेको ‘गौथली’ ले धेरै नेपालीको मन जितिरहेको अवस्थामा हलीले पनि धेरैको विश्वास जित्ने अपेक्षा गरिएको छ । प्रदर्शन पूर्वको अपार मायाले टिमलाई निकै उत्साहित बनाएको निर्मात्री गुरुङकाे भनाइ छ । ओम प्रतीकको निर्देशन र लेखन रहेको यस चलचित्र पुजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेका हुन्।

छाउपडी कथामा आधारित चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की र नविन श्रेष्ठ लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।