काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ ।
भाटभटेनीले पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट शुरु गर्न लागिएको जनाएको हाे । भाटभटेनीले यहि साउन २७ गते बुधबारदेखि भक्तपुर २४ सै घण्टा खुला गर्ने तयारी गरिएको जनाएकाे छ। केही समयपछि ग्राहकलाई राति अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि २४ सै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ ।
रातिमा काम गर्ने एउटा ‘कोर टिम’ तयार पारिएको समेत हाे। जसले नियमित तलब भन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नेछन् । राति चिया खाजाको पनि व्यवस्था गरिएको हाे । जुन उनीहरुका लागि विशेष सुविधा उपलब्ध गराइएको छ। भाटभटेनी मुलुकको सबै भन्दा ठूलो चेन स्टोर हो । गत वर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो ।
आगजनी गरिएकामध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् । भक्तपुरपछि बौद्ध, टंगाल, कोटेश्वर र पाटन लगायतका स्टोर पनि २४ सै घण्टा खुला गरिने भएकाे हाे । भाटभटेनीले त्यसपछि पोखरा, बुटवल र नारायणगढ लगायतका प्रमुख सहरका स्टोर पनि त्यसैगरी खुला राखिने जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्