Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


फिफाका अध्यक्ष इन्फान्टिनोले आलोचना बढ्दै गएपछि बाध्य भएर बाेलाए कार्यकारी बैठक


52
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले वरिष्ठ नेतृत्वलाई बैठकमा बोलाएका छन् ।

अध्यक्ष इन्फान्टिनोले बुधबार फिफाको व्यावसायिक तथा प्रतियोगिता सञ्चालनसम्बन्धी गतिविधिमा निजी लगानी भित्र्याउने आफ्नो योजनामाथि चर्को आलोचना भइरहेकाे समयमा मोरक्कोमा कार्यकारी बैठक बोलाएका हुन् । फिफाका विश्व फुटबल विकास प्रमुख आर्सेन वेंगर, महासचिव माटियास ग्राफस्ट्रोम र जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अलीले इन्फान्टिनोको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ योजनाको विरोधमा थपिएको समयमा उनले बैठक बोलाएका छन् ।

पछिल्लो एक हप्तादेखि मोरक्कोमै रहेका अध्यक्ष इन्फान्टिनोले विवादको समाधान खोज्ने प्रयासस्वरूप राजधानी राबातमा हुने कार्यकारी बैठकमा खोज्ने प्रयास गर्ने भएका हुन् । वेंगरले उक्त योजना खारेज गर्नु पूर्ण रूपमा आवश्यक र यसमा कुनै प्रश्न नै नरहेको बताएका छन् । महासचिव ग्राफस्ट्रोमले फिफाका कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा पछिल्लो एक साताका घटनालाई दुःखद र निन्दनीय रुपमा विश्लेषण गरेका छन् ।