Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग आज छलफल गर्दै


247
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाउनुभएकाे छ।

अर्थमन्त्री वाग्लेले बुधबार बिहान ९ बजे राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूलाई मन्त्रालयमा बोलाउनुभएकाे हाे । यहि साउन १२ गते उद्योगीहरूसँग छलफल गरेका अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नुभएकाे थियाे।

उद्योगी र बैंकरहरूले मौद्रिक नीतिसँग सम्बन्धित विषय छलफलमा प्रस्तुत गरेका थिए। अर्थ मन्त्रालयमा भएको उद्योगी र बैंकरहरूसँगको छलफलमा राष्ट्र बैंकको प्रतिनिधि सहभागी थिएनन्।

अर्थमन्त्री वाग्लेले बुधबार राष्ट्र बैंकको कार्यकारी निर्देशकहरूसँग गर्ने छलफलमा राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र डेपुटी गभर्नर किरण पण्डितलाई भने नबोलाइएको मन्त्रालय स्रोतले जनाएकाे छ ।