काठमाडौं ।
रुस र युक्रेनबीच पछिल्लो पटक चलेको आक्रमण र प्रत्याक्रमणमा दुवैतर्फ गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
युक्रेनी ड्रोन आक्रमणबाट मस्कोमा आज कम्तीमा पाँचजनाको ज्यान गएको र ६ जना घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ । युक्रेनी ड्रोनका भग्नावशेष खस्दा रुसको क्रास्नोडार क्षेत्रमा थप क्षति पुगेको पनि समाचारमा जनाइएको छ ।
यसैगरी रुसले गरेको आक्रमणमा युक्रेनको दिनिप्रोपेत्रोभ्स्क क्षेत्रमा तीन जनाको मृत्यु भएको छ । सो क्षेत्रका गभर्नर ओलेक्सान्द्र हन्जाले रुसी आक्रमणबाट २१ जना घाइते भएको जानकारी दिएका छन् ।
घाइते मध्ये नौ जनाको अवस्था गम्भीर रहेको पनि गभर्नर हन्जाले बताएका छन् । यसैगरी रुसी आक्रमणबाट युक्रेनको जापोरिझिया क्षेत्रमा आठ जनाको ज्यान गएको छ ।









प्रतिक्रिया दिनुहोस्