Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


मुग्लिनमा पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध


182
Shares

काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

दिउँसो २ः१० बजेदेखि सडक अवरुद्ध भएको र पहिरो पन्छाउन मसिन परिचालन भइसकेको पनि सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ ।

आज बिहान पनि यो सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।