काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी नयाँ पुलमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले उक्त सडकखण्डमा अहिले एकतर्फी मात्रै सवारी सञ्चालनमा भएकाे जनाएकाे हाे । पहिरो झर्नेक्रम नरोकिएकाले पूरै पहिरो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाे छ।
कार्यालयले पानी परिरहेका कारण पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरेकाे हाे ।









प्रतिक्रिया दिनुहोस्