Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ताे


52
Shares

काठमाडौं । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ।

भारतको विदेश मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्ताे जानकारी गराउनुभएकाे हाे । सम्मेलनमा पत्रकारले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो भनेर सोधेको प्रश्नकाे जवाफमा प्रवत्ता जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणमा पठाइएको बताउनुभएकाे छ ।

भारत नेपालमा बानेन्द्र नेतृत्वकाे सरकार बनेपछि पछिल्लाे समय निकै नजिक बन्दै आएकाे छ। केही महिना अघि मात्रै बालेनले प्रतिनिधिसभाकाे बैठकमा  नेपालले पनि भारतकाे धेरै ठाउँका जमिन मिचेकाे  छ भनेर अभिव्यक्ति दिएपछि झनै भारत सरकार उहाँप्रति सकरात्मक बनेकाे हाे ।