Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


बढ्याे सुनचाँदीको मूल्य


26
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

गत शुक्रबार तोलामा ५ हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी आइतबार चार हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ६० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।