Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


नेपाली कम्युनिष्ट पार्टीहरूबीच सहकार्य गर्न ढिला गर्नु हुँदैन: नेकपा नेता श्रेष्ठ


13
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलन सिङ्गैको एकीकरण, रूपान्तरण र पुनर्गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएकाे छ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै कम्युनिस्ट पार्टीहरूले पहिला आ-आफ्नो पार्टी पुनर्गठन गर्नुपर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘ अहिले तत्काल सम्भव भइहालेको छ भन्ने होइन, अहिले आ–आफ्नो पार्टीको रूपान्तरण र पुनर्गठन गरौँ, कार्यगत एकता र सहकार्यको प्रक्रिया अगाडि बढाऔँ, रूपान्तरित र पुनर्गठित कम्युनिस्ट पार्टीहरूले सिङ्गो कम्युनिस्ट आन्दोलनको एकीकरण, रूपान्तरण र पुनर्गठनको प्रक्रियालाई नयाँ उचाइमा पुर्‍याऔँ। नयाँ वैचारिक भनेको मार्क्सवाद, वामपन्थ र समाजवाद छोड्ने होइन। मार्क्सवाद, वामपन्थ र समाजवादलाई पक्रने। तर आजको सन्दर्भमा मार्क्सवादलाई अझै विकसित गरेर नेपालको सन्दर्भमा राजनीतिक कार्यदिशा र कार्यनीतिहरूको शृङ्खला सिर्जनात्मक रूपले विकास गरेर आजको आवश्यकता हो।’

नयाँ वैचारिकको आधारमा कम्युनिस्ट आन्दोलनलाई बढाउनुपर्नेमा उहाँकाे जाेड छ।