Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


सरकार र सत्तारुढ दलका कदम संघीयता र संविधानको पक्षमा छैनन्ः विमलेन्द्र निधी


91
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका कदमहरु संघीयता, गणतन्त्र र संविधानलाई समृद्ध बनाउने पक्षमा नरहेको आरोप लगाउनुभएको छ ।

वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो यस्तो आरोप लगाउनुभएको हो ।

सरकार गठन भएको १ सय दिन बितिसक्दा समेत संघीयता, गणतन्त्र, समावेशिता, लोकतन्त्र र संविधानको प्रभावकारी कार्यान्वयनतर्फ सरकार अग्रसर नभएको उहाँको आरोप छ । उहाँले गत फागुनमा सम्पन्न निर्वाचनमा कुन शक्तिले प्रभाव पा¥यो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने समेत बताउनुभयो ।

उहाँले रास्वपाको चितवन महाधिवेशनपछि सामाजिक लोकतन्त्रको मुद्दा राष्ट्रिय बहसको केन्द्रमा पुगेको र पार्टीको संस्थापन पक्ष प्रतिष्पर्धामा उत्रिएको टिप्पणी पनि गर्नुभयो । उहाँले पार्टी सभापति थापाले वीपीको विचार प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्रको विचार नेपाली कांग्रेसमा प्रवेश गराउने कार्य गरिरहेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत फागुन २१ मा चुनाव भयो । चुनाव कसरी भयो ? कस्तो भयो ? हामी सबैलाई थाहा नै छ । यसको व्याख्य गर्नुपर्ने आवश्यकता छैन । कसको प्रभावमा कसरी चुनावमा प¥यो भन्ने कुराहरु अनुसन्धानकर्ताहरुले अनुसन्धान गर्नुहोला । जे जसरी भएपनि झण्डै दुई तिहाई पुग्नेगरी नयाँ पार्टी रास्वपा विजयी भएर सरकार बनेको छ । सरकार गठन भएको पनि एक सय दिन भइसक्यो । सरकार बनिसकेपछि सत्ताधारी दल र सरकारको कदमहरुलाई संघीयताको पक्षमा छैन, गणतन्त्रको पक्षमा छैन, समावेशिताको पक्षमा छैन, लोकतन्त्रको पक्षमा छैन, संविधानलाई सम्बद्र्धन गर्ने, संविधानलाई दीर्घायु बनाउने, संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यता अनुसार परिमार्जित गर्ने त्यसलाई कार्यान्वयन गर्नेतिर गइरहेको छैन । बडो प्रशंसाको रास्वपाको चितवन महाधिवेशनले सामाजिक लोकतन्त्रलाई आफ्नो एजेण्डा बनायो । त्योभन्दा पहिले उसको एजेण्डा केही थिएन, कुनैपनि विचारविहीन पार्टी भन्ने गरिन्थ्यो । सामाजिक लोकतन्त्रको विचारधारा रास्वपाले चितवन महाधिवेशनबाट पारित गरेपछि बहस शुरु भएको छ । वैकल्पिक शक्तिको साचो रुपमा रास्वपा हो भन्ने गरिएको पनि सुनिन्छ । त्यसमा काँग्रेसीहरुले समेत प्रतिष्पर्धा गर्न थाले । संस्थापन भन्छ, हामी पहिलो, रास्वपा दोस्रो हो । काँग्रेसको नेता गगन थापा हो जसले सामाजिक लोकतन्त्रलाई नेपाली काँग्रेसमा प्रवेश गराएको छ ।’

उहाँले मुलुकमा उत्पन्न राजनीतिक संकट समाधानका लागि काँग्रेस एकतावद्ध हुन जरुरी रहेको पनि बतउनु भयो ।