काठमाडौं । भारतको जन्तरमन्तरमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जारी कक्रोच जनता पार्टीका समर्थकहरुले निकालेको जुलुुसमा झडप भएको छ ।
शिक्षामन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्नपत्र बाहिरिएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्तिलगायतका माग राख्दै विगत एक महिनादेखि नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन हुँदै आएको छ ।
कक्रोच जनता पार्टीका समर्थकहरु आज मार्चपास गर्दै संसद भवनतर्फ अघि बढेपछि झडप भएको हो । त्यस क्रममा प्रहरीले व्यापक लाठीचार्ज गरेको छ । लाठिचार्जबाट कक्रोच जनता पार्टीका कयौं कार्यकर्ता घाइते भएकोे भारतीय संचारमाध्महरुले जनाएका छन् ।
प्रहरीले भने संसद भवनतिर जानबाट रोक्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि झडप भएको जनाएको छ । दिल्ली प्रहरीले कक्रोच जनता पार्टीका नेता अभिजित दिप्केलाई नियन्त्रणमा लिएको छ ।
प्रदर्शनमा विद्यार्थी, विभिन्न पेशाकर्मी तथा सर्वसाधारण सहभागी भएका छन् । भारतको राष्ट्रिय झण्डा बोकेका उनीहरुले शिक्षामन्त्री प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्