१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


देशको मुटु स्वस्थ भए सबैको मुटु स्वस्थ पार्न सकिन्छ: मन्त्री पोखरेल


0
Shares

काठमाडौं । विश्व मुटु दिवसकै अवसरमा काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि आज विभिन्न कार्यक्रम गरेको छ ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सबैभन्दा पहिले मुटु बचाउन सवैलाई आग्रह गरे ।

उनले देशको मुटु स्वस्थ भए सबैको मुटु स्वस्थ गर्न सकिने भन्दै मुटु बलियो र स्वस्थ राख्न सुझाव दिए । जीवन सन्तुलित राख्न सके सबै रोगबाट मुक्ति मिल्ने उनको भनाइ थियो ।

बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले सन्तुलित खानपान, नियमित व्यायाममा ध्यान दिन आग्रह गरे ।

चुरोट र मदिरा सेवनबाट मुटु रोग लाग्ने सम्भावना बढी हुने उनले जानकारी दिए ।

मुटुरोगबाट बच्न स्वास्थ्यमा लगानी, सोचाईमा परिर्वतन र रितिरिवाज, चालचलन र व्यवहारमा परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाई थियो ।

ग्राण्डी अस्पतालका अध्यक्ष दिपक कुँवर र कार्यकारी निर्देशक डाक्टर अशोक प्रधानले मुटु रोगबाट बच्नका लागि मुटुलाई माया गर्ने उपायको बारेमा जानकारी दिएका थिए ।

मुटु दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मुटुको निःशुल्क परीक्षणसमेत गरेको थियो ।