Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक


0
Shares

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दलको बैठक बोलाएको छ।

संसदीय दलका नेता खगराज भट्टले बिहिबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक आह्वान गर्नुभएकाे हाे। बैठकमा सुदूरपश्चिम सरकार गठनकाे बारेमा महत्त्वपूर्ण निर्णय गरिने भएकाे छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि प्रदेशको सत्ता समीकरण फेरिएको हाे। त्यसलगत्तै एमालेले मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ।

एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएकाे हाे। बजेट पारित गराउन उहाँले नेकपासँग सहयोगको आग्रह गर्नुभएकाे थियाे। नेकपाले उक्त प्रस्ताव अस्वीकार गर्दै वर्तमान सरकारलाई समर्थन नगर्ने अडान राखेको छ। आफ्नो शर्तहरू पूरा नभएसम्म सरकार गठनमा नेपाली कांग्रेस वा एमाले कुनैपनि दललाई सहयोग नगर्ने नेकपाले जनाएकाे हाे।