Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन


78
Shares

काठमाडाैं ।

सभामुख डोलप्रसाद अर्यालले मनसुन शुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य जोखिम न्युनिकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्वतयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभयो । उहाँले यस वर्षको मनसुन शुरु भइसकेको र ाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । संसदका बैठकमा सांसदहरुले विपद्बारे प्रश्न उठाउँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै आउनुभएको छ ।

सभामुख अर्यालले भन्नुभयो, ‘यस वर्षको मनसुन शुरु भई बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन् । यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’उहाँले विपद्को समयमा नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराउनुभएको छ ।