Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राज्यले संरक्षण गरेका व्यक्तिबाटै संचारमाध्यम र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेकाे नेकपाकाे आराेप

सरकारले गरिब नागरिकलाई एक पछि अर्को पीडा दिने काम गरेकाे दावी

13
Shares

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वको घरमा त्रसित बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त आरोप लगाउनुभएको हो । गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्नका लागि सरकार संरक्षितहरुले सडक जाम गराउने र मिडिया तथा राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने खालका गतिविधि गरेको सांसद मल्लको जिकिर छ। उहाँले मिडिया हाउसमा अवरोध हुनेगरी तेस्र्याएर राखिएका गाडीलाई लाखौ जरिवाना असुली गर्न र त्यस्ता घटनामा संलग्नमाथि कडा कारबाही तत्काल गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद मल्लले सरकारले सामान्य नागरिकले हितमा कुनैपनि काम गर्न न सकेको गुनासो पनि गर्नुभएकाे छ । उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रियता विरोधी अभिव्यक्ति हालसम्म पनि नसच्याएको भन्दै आपत्ति समेत जनाउनुभयो ।

सांसद मल्लले सरकारले सुकुम्बासी लगायतका गरिब नागरिकलाई एक पछि अर्को पीडा दिने काम गरिरहेको समेत बताउनु भयो ।