काठमाडाैं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले कान्तिपुर, अनलाइन खबर र हिमालयन टिभी लगायतका मिडिया हाउसको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुनेगरी सरकार स्वयंले गाडी पार्किङ गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गुरुङले यस्तो आरोप लगाउनुभएको हो । उहाँले राज्यलाई जवाफदेही बनाउने तथा नागरिकका आवाज सार्वजनिक गर्ने सञ्चारमाध्यममाथि सरकारले शंकास्पद निगरानी राख्न खोजेको भन्दै त्यसको घोर निन्दा गर्नुभएकाे छ । उहाँले मिडिया हाउस अगाडि गाडी पार्क गरेको विषयमा सत्यतथ्य बाहिर ल्याउन समेत समितिमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजन लगायत सञ्चार संस्थाका कार्यालयको गेटमै सवारीसाधन तेस्र्याएर आवागमन प्रभावित बनाइएको थियो । यस घटनालाई घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको रुपमा विश्लेषण भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्