Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीकाे बारेमा छानबिन गर्न सरकारसँग रास्वपाको माग (विज्ञप्तिसहित)


0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

रास्वपाले सोमबार एक विज्ञप्ति जारी गर्दै  विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरूप्रतिको गम्भीर ध्यानाकर्षण भएको  जनाएकाे हाे ।

“यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानूनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ जारी विज्ञप्तिमा भनिएकाे छ ।”

राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको जारी विज्ञप्तिमा भनिएकाे हाे ।