काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ ।
आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।बिचौलिया दीपक भट्टसँग संदिग्ध कारोबार देखिएपछि पौडेल पक्राउ परेका हुन् ।









प्रतिक्रिया दिनुहोस्