Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


परिवारले बुझ्यो गणेश नेपालीको शव, आजै अन्त्येष्टि गरिने


273
Shares

काठमाडाैं ।

आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव परिवारले बुझेको छ। उनको अन्त्येष्टिका लागि अहिले पशुपति आर्यघाटमा तयारी भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार परिवारले शव बुझेपछि अन्तिम संस्कारको प्रक्रिया अघि बढाइएको हो।

यसअघि गणेश नेपालीका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै ज्यानसम्बन्धी महलअन्तर्गत प्रहरी वृत्त कालिमाटीमा जाहेरी दर्ता गराएका छन्। जाहेरी दर्ता गरी घटनाको अनुसन्धान औपचारिक रूपमा सुरु गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्मको जाहेरीमा कसैलाई पनि प्रतिवादीका रूपमा किटान गरिएको छैन। अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यका आधारमा आवश्यक व्यक्तिको पहिचान गरी कानुनी प्रक्रिया अगाडि बढाइने एसपी भट्टराईले बताए।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीका विभिन्न टोली परिचालन गरिएको जनाइएको छ। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान भइरहेको र प्रमाणका आधारमा थप प्रक्रिया अघि बढाइने जनाएको छ।