काठमाडौं । टी-२० विश्वकप छनोट अन्तर्गत साेमबार हुने समूह चरणको खेलमा डेनमार्क र हंगेरीबीच प्रतिस्पर्धा हुने भएकाे छ।
डेनमार्कको ब्रन्डबीमारहेको स्वानहोल्म पार्क क्रिकेट मैदानमा साेमबार दिउँसो सवाँ २ बजेदेखि डेनमार्क र हंगेरीबीच प्रतिस्पर्धा हुने भएकाे हाे । डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा रहँदा हंगेरी भने अप्रत्याशित नतिजा निकाल्दै प्रतियोगितामा आफ्नो सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रिने भएकाे छ।
डेनमार्कको टोलीको नेतृत्व कप्तान हामिद शाहले गर्ने भएका छन् । विकेटकिपर तरञ्जित भराज टोलीका प्रमुख खेलाडीमध्ये एक हुन् । दुवै टोलीका लागि समूह चरणको यो खेल महत्वपूर्ण मानिएको छ ।
हंगेरी बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पार्ने योजनामा रहेकाे हाे।









प्रतिक्रिया दिनुहोस्