Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


आत्मदाह गरेका गणेश नेपालीको शव त्रिवि शिक्षण अस्पताल पठाइयो


221
Shares

काठमाडौं । उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको शव सुरक्षित राख्न शुक्रबार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

वीर अस्पतालका अनुसार शव परिवार र सरकारबीच सहमति भएपछि मात्रै पोस्टमार्टम गरिनेछ। वीर अस्पतालमा शव लामो समय राख्ने सुविधा नभएकाले शिक्षण अस्पतालको चिस्यान गृहमा पठाइएको हो।

गणेशले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि विवाद भएको बताइएको छ। घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन गरिएको छ ।