Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


फ्रान्स मोरक्कोलाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

मोरक्को भने विश्वकपबाट बाहिरियो

0
Shares

काठमाडौं । फ्रान्स मोरक्कोलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन रङ्गशालामा शुक्रबार बिहान सम्पन्न भएकाे खेलमा फ्रान्सले मोरक्कोलाई २-० गाेलले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । खेलको पहिलो हाफमा मोरक्कोले फ्रान्सलाई गोलविहीन बनाउन सफल भएको थियो।पहिलो हाफको २८ औँ मिनेटमा मोरक्कोका नौसइर मजौरीले डिबक्समा फाउल गर्दा फ्रान्सले पेनाल्टीको मौका पाएको थियो ।

क्लियन एम्बाप्पले प्रहार गरेको बललाई मोरक्कोका गोलरक्षक यासिर बुनौले उत्कृष्ट रक्षा गरेका हुन् । दोस्रो हाफको ६० औँ मिनेटमा क्लियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए। विश्वकपमा यो एम्बाप्पेको २० औँ गोल हो ।खेलको ६५ औँ मिनेटमा उसामन डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर बनाएका छन् ।

फ्रान्सले अब सेमिफाइनलमा स्पेन र बेल्जियमको खेलबाट तय हुने विजेतासँग खेल्ने भएकाे हाे ।