काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर निरन्तर लागि परेको दाबी गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त दाबी गर्नुभएको हो । नेपाल सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखि बनाउँदै अघि बढाएको जिकिर समेत गर्नुभयो ।
सरकारले सय दिन भित्रै भ्रष्टाचारमा शुन्यसहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम गरेको मन्त्री पोखरेलको भनाई छ ।
उहाँले भन्नुभयो,‘सय दिन भित्रै भ्रष्टाचारमा शुन्यसहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम अगाडि बढेको छ । शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखि बनाउँदै लगिएको छ । र यसलाई अघि लगिने पनि छ ।
नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन कायम गर्न नेपाल सरकार निरन्तर प्रतिवद्ध रहेको छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छु ।’ मन्त्री पोखरेलले सरकारले डिजिटल सेवा प्रवाहमा पनि ठोस कदम चालेको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्