Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


एसीसी महिला यू-१९ प्रिमियर कपका लागि सोनीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीकाे घोषणा

प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म मलेसियामा हुने

0
Shares

काठमाडौं । एसीसी महिला क्रिकेट यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीकाे घोषणा भएको छ ।

काठमाडाैंमा बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टोलीकाे घोषणा गरेको हो ।प्रतियोगिता यहि जुलाई ११ देखि १८ तारिखसम्म मलेसियामा हुँदैछ । अन्य समूहमा तीन–तीन राष्ट्र रहँदा नेपालको समूहमा भने चार टोली रहेका छन् ।

समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार र जापान तथा समूह ‘बी’ मा यूएई, ओमान र भुटान रहेका हुन् । त्यसैगरी समूह ‘सी’मा इन्डोनेसिया, मलेसिया, कुवेत रहेका छन् । साथै समूह ‘डी’मा नेपाल, हङकङ, सिंगापुर र कतार रहेका हुन् ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन् । क्वार्टरफाइनलका विजेताकाबीचमा सेमिफाइनल खेल हुने भएकाे हाे । सेमिफाइनलका विजेता उपाधिका लागि भिड्ने भएका छन् । नेपालले जुलाई ११ तारिखमा कतारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भउकाे छ। त्यसैगरी, नेपालले जुलाई १२ तारिखमा सिंगापुर र जुलाई १४ मा हङकङसँग सामना गर्ने भएकाे हाे ।

नेपाली टोलीमा सोनी पाख्रिन (कप्तान), साना प्रविन, अलिसाकुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तृसना विक, कृस्मा गुरुङ, एन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेकाे कयानले जनाएकाे छ ।