Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरु स्वदेश फिर्ता


143
Shares

एजेन्सी ।

गत जुन महिनामा करीव ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ ।

अफगान सरकारका उप प्रवक्ता हमदुल्ला फितरतले एक महिनामा ७६ हजार १८१ जना अफगान नागरिकहरु स्वदेश फर्केको बताउनुभएको छ ।

उहाँका अनुसार उनीहरुले अत्यावश्यक सामाग्री खाद्यान्न राशन, पिउने पानी, चिकित्सा सेवाहरू, प्राप्त गरी उनीहरूको आफ्नै गृह प्रान्तमा गइसकेका छन् ।

काबुलमा मङ्गलबार भएको उच्चस्तरीय बैठकमा प्रशासनिक मामिला तथा उपप्रधानमन्त्री मावलवी अब्दुल सलाम हनाफीले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर)का वरिष्ठ अधिकारीहरू समक्ष सन् २०२१ अगस्ट पछि ८० लाख भन्दा बढी शरणार्थीहरू अफगानिस्तान फर्केको बताउनुभएको छ ।