Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


स्पेन अस्ट्रियालाई पराजित गर्दै विश्वकप फुटबलको प्रि-क्वाटरफाईनलमा प्रवेश


0
Shares

काठमाडौं । स्पेनले अस्ट्रियालाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेकाे छ।

बिहीबार राति भएको खेलमा स्पेनले अस्ट्रियालाई ३-० गाेलले पराजित गरेकाे हाे । सन् २०१० पछि स्पेनले नकआउट चरणमा जित हात पारेको हो । मिकेल ओयाजाबालले दुई गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जित निकाल्यो । पेड्रो पोरोले एक गोल गरेका थिए ।

स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैठाैं स्थानमा उक्लेका छन् । फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान ६ गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इङ्ल्यान्डका कप्तान ह्यारी केनले ५–५ गोल गरेका छन् ।

स्पेनले अब अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्ने भएकाे हाे । त्यस्तै, स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन् ।