Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध फेरि ६ दिन म्याद थप


117
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान गर्न फैरी ६ दिन म्याद थपिएको छ । बिहीबार विशेष अदालतले तेस्रोपटक म्याद थपेको हो ।

विशेषका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थपिएको अदालत प्रशासनले जनाएको छ । “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज (बिहीबार) तेस्रोपटक ६ (छ) दिन म्याद थप भएको छ,” अदालतको सूचनामा उल्लेख छ ।

पौडेल हाल न्यायिक हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका निम्ति उनलाई अदालतमा पेस गरेको थियो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)को कसुरमा अनुसन्धानका निम्ति उनलाई प्रहरीले पक्राउ गरी विभागमा बुझाएको थियो । यही असार ८ गते उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।