Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


कान्तिलोकपथमा सवारी चलाउन रोक


195
Shares

काठमाडौं ।
प्रशासनले काठमाडौंबाट हेटौंडा जोड्ने कान्तिलोकपथमा दुई रात रात्रिकालीन सवारी आवागमन रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि राति उक्त सडकखण्ड हुँदै कुनै पनि प्रकारका सवारी सञ्चालन नगर्न तथा नगराउन सार्वजनिक सूचना जारी गरेको हो ।

भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै पहिरो र सडक अवरोधको जोखिम बढेको भन्दै प्रशासनले मंगलबार साँझ ५ बजेदेखि बुधबार बिहान ५ बजेसम्म तथा बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म कान्तिलोकपथ हुँदै यात्रा नगर्न पनि आग्रह गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी सूचनामा सम्भावित वर्षाजन्य विपद्लाई मध्यनजर गर्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । यस्तै हेटौंडा बिरगंज सडकखण्डको हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित रातोमाटे चेकपोस्ट नजिक बिरगंजबाट काठमाडौं जाँदै गरेको बा प्र ०६–००१ ज ०४६९ नं को जीप अगाडि एक्कासी जंगली जनावरले बाटो काट्दा चिप्लिएर सडक छेउ पल्टिएर दुर्घटना हुँदा ६ जना घाइते भएको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।