Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


विरगंजबाट काठमाडौं जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा ६ जना घाइते


390
Shares

सुबर्ण श्रेष्ठ, हेटौंडा । मकवानपुरको हेटौंडा–वीरगञ्ज सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक ईभी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०४६९ नम्बरको ईभी गाडीको अगाडि अचानक जंगली जनावरले बाटो काटेपछि चालकले गाडी नियन्त्रणमा लिन खोज्दा चिप्लिएर सडक छेउ पल्टिएको हो।

दुर्घटनामा चालकसहित आठ जना सवार रहेकामा ६ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले गाडी चालक काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० निवासी दिलीप सिलवाललाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।