Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


चलचित्र ‘जलाकी’ काे प्रदर्शन मिति घोषणा


26
Shares

काठमाडौं । चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशैभर प्रदर्शनमा आउने भएको छ ।

निर्माण युनिटले असार १५ धान दिवसको अवसर पारेर साेमबार चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सोनाम तोप्देन र उपासनासिंह ठकुरीलाई दुई भिन्न मनोविज्ञानमा प्रस्तुत गरिएको छ । एउटा पोस्टरले प्रेम, आत्मीयता तथा विश्वासको उज्यालो पक्ष चित्रण गर्छ भने अर्को पोस्टरले मौनता, पीडा र सम्बन्धभित्रको भावनात्मक संघर्षलाई उजागर गरेको हाे ।

सुपरहिट फिल्म ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरकै निर्देशन रहेको चलचित्र मगर समुदायको कथामा बनेको हो । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र सोनाम तोप्देन र उपासनासिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचामगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय रहेकाे छ । बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर देखिने भएका हुन् ।

साेही चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, एसडी योगी र सरिता राईको संगीत रहेकाे निर्माण युनिटले जनाएकाे हाे ।

चलचित्र गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्ने भएका छन् ।