काठमाडाैं । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको केही स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ ।
अन्य भू-भागमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको हाे। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा ३-४ दिनमा मनसुन विस्तार हुने सम्भावना रहेको छ। आइतबार बिहान सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मुख्यतया सफा रहेको छ। देशका बाँकी भू-भागमा भने आंशिक बादल लागेको भएकाे हाे। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
त्यस्तै, आइतबार दिउँसो भने देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको समेत सम्भावना रहेकाे हाे । मधेश, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमकाे तराई र लुम्बिनी प्रदेशकाे पश्चिम तराई क्षेत्रका केही स्थानमा तातो लहरको सम्भावना महाशाखाले जनाएकाे हाे ।
त्यसैगरी आइतबार राति भने देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको समेत सम्भावना रहेकाे हाे। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ।
मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको समेत सम्भावना रहेकाे हाे । कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
कोशीको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्