काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनपछि रवि लामिछाने र बालेन शाहको प्रशंसक समूहबाट पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयाे ।
आइतबार रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा नेता ज्ञवालीले अहिलेसम्म रास्वपा दुई नेताको प्रशंसक समूहका रूपमा चित्रित गर्ने प्रयास गर्नुभयाे ।
“यो महाधिवेशनबाट रास्वपा रवि लामिछाने र वालेन्द्र शाहका प्रशंसकहरूको समूहबाट राजनीतिक पार्टीका रूपमा विकास हुनेछ भन्ने विश्वास लिएको छु,” ज्ञवालीले भन्नुभयाे, “तपाईंले पाएको जनमत र विश्वास जुन तहको छ यसलाई ठिक ढंगबाट व्यवस्थित गर्न सक्नुभएन भने त्यसले भयावह रुप लिनसक्छ ।”









प्रतिक्रिया दिनुहोस्