Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


कांग्रेस सांसद बुढाको सरकारलाई प्रश्नः ‘प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन् ?’


13
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थर्काउने र हुकुम चलाउनेहरु को हुन् भन्दै सरकारलाई प्रश्न समेत गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकको शुरुमै बोल्दै सांसद बुढाले यस्ताे प्रश्न गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्यालयमा बोलाएर कानून र संविधानले नचिनेका गिरोहरुहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग उनीहरुको हुन रु प्रश्न प्रश्न गर्नुभयाे ।

संविधान र कानूनले नचिनेकोहरुले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चश्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्नेहरु नयाँ गिरोहको रुपमा रहेको उहाँको आरोप छ । सांसद बुढाले सबै मन्त्रालयहरुमा मन्त्री देखाउने अनुहारहरु मात्रै भएको तर त्यहाँ चलाउने अर्कै अदृष्य शक्तिहरु रहेको जिकिर गर्नुभयो ।

सांसद बुढाले मन्त्रालयमा देखिएका ती अदृष्य शक्ति र व्यक्तिहरु मुलुक र लोकतन्त्रका लागि शुभसंकेत नभएको समेत बताउनुभएकाे छ।