Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निगमकाे निर्णय (विज्ञप्तिसहित)


78
Shares

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य यथावत् कायम गरेको हाे । इन्डियन आयल कर्पोरेसनबाट साेमबार प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको निर्णय अनुसार मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको निगमले जनाएकाे छ ।

जस अनुसार पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर २ सय १४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २ सय १६ रुपैयाँ र तेस्रो वर्गका लागि २ सय १७ रुपैयाँ कायम गरिएकाे हाे । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर २ सय २२ दशमलव ५० रुपैयाँ, दोस्रो वर्गका लागि २ सय २४ र तेस्रो वर्गका लागि २ सय २५ कायम गरिएकाे निगमले जनाएकाे छ ।