काठमाडाैं । साहित्यिक संस्था एपेक नेपालले भारतीय कवि तथा गजलकार दिलदार देहल्वीको सम्मानमा ‘दिलदार देहल्वी साँझ: नेपाली गजलकार माझ’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भारतीय कवि तथा गजलकार दिलदार देहल्वीका विभिन्न गजल तथा नेपाली गजलकारका गजलहरु गुञ्जिएका थिए ।
यो कार्यक्रम नेपाली र भारतीय गजल साहित्यबीचको आत्मीय सम्बन्ध तथा साहित्यिक सहकार्यको सशक्त उदाहरण बनेको छ । कार्यक्रममा नेपाल र भारतका गजलकारहरूका सिर्जनाले वातावरणलाई गजलमय बनाउँदै दर्शकहरूको मन जितेका थिए । कार्यक्रममा दिलदार देहल्वीले आफ्ना केही गजल तथा शेर वाचन गरेका थिए । उनको प्रस्तुतिले गजलप्रेमीहरूलाई भारतीय गजल परम्पराको स्वाद दिलाएको थियो ।









प्रतिक्रिया दिनुहोस्