काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा शुक्रबार सम्पन्न भएकाे खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका छन् । ८०औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको जित सुनिश्चित गरेका थिए ।
खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो । लगातार १२औँ पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूवात गरेको छ। चेक रिपब्लिक सन् २००६ पछि पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।
नेपाली समय अनुसार शुक्रबार राति पौने १ बजे समूह ‘बी’ मा क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनाकाे सामना गर्ने भएकाे छ। त्यस्तै, शनिबार बिहान पौने ७ बजे समूह ‘डी’ अन्तर्गत अमेरिका र पाराग्वेबीच कडा प्रतिस्पर्धा हुनेछ भएकाे हाे।










प्रतिक्रिया दिनुहोस्