एजेन्सी । लेबनानका राष्ट्रपति जोसेफ ओउनले वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन गर्ने सम्झौता बृहत युद्धविराममा पुग्ने ‘अन्तिम अवसर’ भएको बताउनुभएकाे छ ।
राष्ट्रपति ओउनले बिहीबार साँझ चौथो चरणको वार्तापछि लेबनानको पक्षमा धेरै महत्त्वपूर्ण बुँदाहरू समावेश गरिएको बताउनुभएकाे हाे । बृहत युद्धविराममा प्रवेश गर्ने यो अन्तिम अवसर भएकाे समेत बताउनुभएकाे छ। यदि युद्धविरामप्रति सकारात्मक प्रतिक्रिया दिन असफल भएमा द्वन्द्वरत सम्वद्ध पक्ष यसका लागि जिम्मेवार मानिने उहाँले स्पष्ट पार्नुभयाे ।
राष्ट्रपति ओउनले लेबनानले ‘सम्बन्धित आन्तरिक पक्ष’ र विशेष गरी हेजबुल्लाहबाट प्रतिक्रिया प्राप्त हुनासाथ संयुक्त राज्य अमेरिकालाई आफ्नो अवस्थाको बारेमा सूचित गर्ने समेत बताउनुभयाे । अमेरिकाले युद्धविराम शुरु हुने मिति तोक्ने र राष्ट्रपति डोनाल्ड ट्रम्प यसको कार्यान्वयनको लागि प्रत्यक्षरूपमा जिम्मेवार ठहर्नुहुने उहाँकाे तर्क छ ।










प्रतिक्रिया दिनुहोस्