Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकको नामावली सार्वजनिक (सूचीसहित)

परिवार तथा आफन्तका नाममा लुकाइएको सम्पत्तिकाे बारेमा सूचना माग

52
Shares

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूले लुकाएको सम्पत्ति बारे सूचना माग गरेको छ ।

समितिले बुधबार समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामसहितको विवरण सार्वजनिक गर्दै उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो ।

नाम सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिएकाे जारी सूचनामा भनिएको छ ।

साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व फर(फारक, ऋण असुली, सम्पत्ति, अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने, नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको हाे ।

अन्यथा कानून बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ । त्यस्तै, समितिले सार्वजनिक विवरणमा फरक पर्न गएको वा अद्यावधिक नभएको भएमा समितिको कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेकाे हाे ।