Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्ध परेका उजुरीमाथि आज छलफल गरिंदै


0
Shares

काठमाडाैं । संसदीय सुनुवाइ समितिले मंगलबार प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा विरूद्ध परेका उजुरीमाथि छलफल गर्ने भएकाे छ।

संवैधानिक परिषद्ले गत वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यस-लगत्तै समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । डा. शर्माविरुद्ध १६ वटा उजुरी परेको छ ।

समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको जानकारी दिनुभयो । प्राप्त उजुरी खोल्नका लागि मंगलबार बिहान ८ बजेका लागि साेही समितिको बैठक राखिएको छ । उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।

त्यसपछि उजुरीकर्तासँग छलफल गरिने भएकाे समितिले जनाएकाे हाे । सुनुवाइपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।