Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


जेनजी आन्दाेलनमा फरार कैदीले महिलालाई करणी गरेको अभियोगमा पुनः पक्राउ


1.1k
Shares

रामेछाप । रामेछापमा जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले जबरजस्ती करणको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका १ का विक्रम भुजेल रहेका छन् । उनले गत जेठ ३१ गते दिउँसो साढे १२ बजेको समयमा सोहि स्थानकी ३५ वर्षीया एक फरक क्षमता (अपाङ्गता) भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोप छ।घटना घटेलगत्तै फरार रहेका भुजेलको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले उनलाई जेठ ३ गते राति १०:००

बजे रामेछाप नगरपालिका वडा नं. १ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको रामेछापका प्रहरी प्रवक्त तथा सूचना अधिकारी राजन प्रसाद तिमिल्सिनाले बताए ।

पक्राउ परेका भुजेलमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि रामेछाप जिल्ला अदालतबाट जेठ ३ गतेदेखि नै लागू हुने गरी ७ दिनको म्याद थप गरिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी तिम्सिनाले जानकारी दिए ।