Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रधामन्त्रीमा ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान हाबी भयाे : प्रदीप पौडल


0
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधामन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उहाँले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको आरोप लगाउनुभएको हो ।

प्रधानमन्त्री संसदप्रति उत्तरदायित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको उहाँको भनाई छ । ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको उहाँले बताउनु भयो । यसले नागरिकमा निराशा बढ्दै जाने र व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने बताउनुभयो ।

उहाँल्ले सरकारले शक्तिको अत्यधिक केन्द्रिकरण गरेको पनि आरोप लगाउनुभयो । राजश्व अनुसन्धान, सम्पती शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएको उहाँको आरोप छ ।

उहाँले संवैधानिक परिषद्लाई पपनि ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने संरचना बनाएको बताउनुभयो । उहाँकाअनुसार यस्तो अभ्यास विश्वमै दुर्लभ छ । उहाँले नेपाली काँग्रेस अहिले प्रतिपक्षको भुमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने बताउनुभयो । सरकार असफल होस् भन्ने हाम्रो चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनैपनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उहाँको भनाई छ ।

उहाँले ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान प्रधामन्त्रीमा हाबी भएको आरोप लगाउनु भयो । यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै निल्ने खतरा हुने उहाँको भनाई छ । उहाँले सरकारलाई समयमा नै सिमाभित्र राख्न नसकेमा लोकतान्त्रिक मूल्य र प्रणालीमा गम्भीर संकटमा पर्न सक्ने बताउनु भयो । लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने उहाँको भनाई छ । उहाँले काँग्रेस पार्टी लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न पछि नहट्ने बताउनुभयो ।