Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


गत २४ घण्टामा २१ सय ४४ जना सवारी-चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

१९ लाख ९५ हजार रूपैयाँ राजस्व संकलन

26
Shares

काठमाडौं । गत २४ घण्टामा २ हजार १ सय ४४ सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जसबाट राज्यकोषमा १९ लाख ९५ हजार रुपैयाँ राजस्व दाखिला भएको जनाएकाे हाे । मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ५१, संकेत बत्ती उल्लङ्घनकर्ता १ सय ४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ८६ जनालाई कारबाही गरिएको छ ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय २, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ४२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १ सय १८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय १० जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएकाे हो ।