Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


देशका-६ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा र हिमपात


39
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी-स्थानीय वायू र नेपाल नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

शुक्रबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे। साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। बागमती, गण्डकी र कोशी प्रदेशको केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमकाे वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, शुक्रबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यमसम्म वर्षा-हिमपातको समेत सम्भावना रहेकाे छ । बाँकी हिमाली तथा पहाडी र बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, शुक्रबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।