काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह बुधबार प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रममाथि रोकिएको छलफल बिहीबार फेरी शुरु हुने भएकाे छ ।
बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको हो । नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गर्दा नियमित कार्यसूचीमा नै प्रवेश नगरी बुधबारको सदन स्थगित भएको थियो । सदनको बिहीबारको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने सम्भावित कार्यसूचीमा रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ ।
सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रमलाई बुधबारै निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । बुधबारको बैठक शुरु भएपछि सभामुख डिपी अर्यालले प्रधानमन्त्रीकातर्फबाट नीति तथा कार्यक्रमको जवाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुमति दिएपछि विपक्षीहरुले आपत्ति जनाएका थिए । त्यस क्रममा नेपाली कांग्रेस, नेमपा एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
बुधबार दुई पटक स्थगित भएपछि शुरु भएकाे तेस्रो पटकको बैठक पनि विपक्षीहरुले अघि बढ्न नदिएपछि सभामुख डीपी अर्यालले बिहीबारसम्मका लागि स्थगित गर्नुभएकाे थियो ।











प्रतिक्रिया दिनुहोस्