Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


प्रधानमन्त्री शाहको राजीनामाको माग गर्दै प्रतिनिधिसभा बैठक अवरूद्ध

प्रधानमन्त्री नआएसम्म नीति कार्यक्रममाथि छलफल नहुने भन्दै बाहिरियो श्रम संस्कृति पार्टी

130
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै विपक्ष दलका नेताहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् ।

प्रतिनिधिसभाकाे बुधबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रश्ताव प्रधानमन्त्री शाहले तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दैं विपक्ष दलका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले पटक-पटक बस्न आग्रह गर्दा पनि उनीहरुले आपत्ति जनाईरहेका छन् । यसैबीच श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर बाहिरिएको छ ।