Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


सवारी दुर्घटनाका मुख्य कारणलाई विज्ञहरूले नजरअन्दाज गरे : सांसद राई

गाडीभित्र हुने चर्को नाचगानलाई प्रतिवन्ध लगाउने व्यवस्था गर्न सुझाव

13
Shares

काठमाडाैं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मुलुकमा भइरहेका सवारी दुर्घटनाका मुख्य कारणहरूलाई विज्ञहरूले नजरअन्दाज गरेको बताउनुभएको छ ।

सिंहदरबारमा मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद राईले विज्ञहरूको कार्यक्षमता र सडक सुरक्षाका सवालमा प्रश्न उठाउनुभएको हो । सवारी दुर्घटना हुनुमा सडकको अवस्था मात्र नभई चालकले गर्ने मोबाइलको प्रयोग र गाडीभित्र बजाइने चर्को संगीत मुख्य जिम्मेवार रहेको दावी गर्नुभएकाे छ। सांसद राईले आगामी कानूनमा सवारी चलाउँदा मोबाइल प्रयोग गर्न नपाइने र पिकनिक वा अन्य यात्रामा जाँदा गाडीभित्र हुने चर्को नाचगानलाई प्रतिवन्ध लगाउने व्यवस्था गर्न सुझाव दिनुभयो ।..

सांसद राईले कोशी राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरू कुनैपनि बहानामा अवरुद्ध हुन नहुनेमा जोड दिनुभएकाे छ। उहाँले सडक अवरुद्ध भएमा तत्काल खोल्ने वातावरण मिलाउन सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन समिति सभापतिलाई आग्रह गर्नुभयो । देश निर्माणका लागि कुरा मात्र नभई दिमाग र पौरख चलाउनुपर्ने उहाँको भनाइ छ ।