Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


इजरायलीकाे आक्रमणमा परी लेबनानमा एकै परिवारका ९ जनाकाे निधन, दर्जनाैं घाइते


26
Shares

एजेन्सी । दक्षिण लेबनानको साक्साकिया शहरमा इजरायल सेनाले गरेको हवाई आक्रमणमा परी एकै परिवारका ९ जना सदस्यको मृत्यु भएको छ ।

स्थानीय नागरिक रक्षा टोली र प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले एक आवासीय भवनलाई लक्षित गरी सोही आक्रमण गरेको हो । उक्त भवनमा दक्षिण लेबनानकै जेबचिटबाट विस्थापित भएका तीन वटा परिवारले आश्रय लिइरहेका थिए । आक्रमणका कारण भवन पूर्ण रूपमा ध्वस्त भएको छ भने वरपरका क्षेत्रमा समेत ठूलो क्षति पुगेको हाे । साेही घटनामा अन्य कैयौं व्यक्ति घाइते हुनुका साथै केही अझै हराइरहेको जनाएकाे छ।

मारिएका आफन्तको शोकमा डुबेका स्थानीयले मृतकहरूको सम्मानमा प्रार्थना गरेका थिए । नागरिक रक्षा टोलीले शवहरूलाई अन्त्येष्टिका लागि तयार पार्दै गर्दा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न बारम्बार आग्रह गरे पनि दक्षिण लेबनानका विभिन्न शहरहरूमा इजरायली आक्रमण जारी रहेकाे छ ।

सीमा क्षेत्रमा बढ्दो तनावकाबीच भएका यी आक्रमणहरूले मानवीय संकट थप गहिरो बनाएको हाे । लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले गत मार्च २ देखि मे १० सम्मको अवधिमा इजरायली आक्रमणका कारण मृत्यु हुनेको कूल संख्या २ हजार ८ सय ४६ पुगेको छ । साेही आक्रमणमा परी ८ हजार ६ सय ९३ जना घाइते भएका हुन् ।