काठमाडौं। देशका विभिन्न स्थनमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २७ जनालाई पक्राउ गरेको छ।
दाङ, कास्की र ललितपुरमा चेकजाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। दाङको तुलसीपुर उपमहानगरका-५ का ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशिरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगर-१७ का ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्तसहित नौजनालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो। त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका-१ का ५० वर्षीय श्यामकुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्यामकुमारसहित आठजनालाई प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
साेही सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्